२४ जेठ, दाङ –
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा भोलिदेेेखि ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरस बिरुद्धको भेरोसिल नामको खोप लगाईने भएको छ ।
जिल्लाका दश पालिकाका करिब साढे ८ हजार जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।
जस अनुसार घोराहीमा २ हजार ५ सय, तुलसीपुरमा २ हजार २ सय, लमहीमा ७ सय ४०, बंगलाचुलीमा ३ सय ६०, राप्तीमा ६ सय ३०, राजपुरमा ३ सय, गढवामा ५ सय ६०, बबईमा ४ सय २०, दंगिशरणमा ३ सय २० र शान्तिनगरमा ३ सय ८० गरि ८ हजार ४ सय १० जना जेष्ठ नागरिकलाई खोप दिईने भएको छ ।
स्थानिय तहले तोक्ने खोप केन्द्रमा जाँदा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिस आबस्यक पर्ने कार्यालय प्रमुख शाहीले बताउनुभयो । जिल्लामा अहिले सम्म दुई चरणमा गरि साढे ४ प्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्यकर्मी, जनप्रतिनिधी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, ६५ बर्ष माथीका जेष्ठ नागरिक, पत्रकार, बैंकका कर्मचारी लगाएतले खोप लगाएका हुन् । ६ लाख ५५ हजार ७ सय ६१ जना संख्या अनुमान गरिएकोमा ति मध्य साढे ४ प्रतिशत अर्थात २८ हजार व्यक्तिहरुले खोप लगाइसकेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो ।
यस अघि ६० देखी ६४ बर्ष उमेर समूहका लागि खोप लगाउने भनिए पनि खोप थोरै आएपछि ६२ देखी ६४ बर्ष उमेर समूहलाई खोप लगाउन लागिएको हो ।
मा प्रकाशित