लायन्स क्लव घोराहीद्धारा ३ पालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग – Kanika Khabar
Monday, July 14Nepali News Portal

लायन्स क्लव घोराहीद्धारा ३ पालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    मा प्रकाशित

घोराही, २४ जेठ
लायन्स क्लव अफ घोराही सिटीले दाङका ३ पालिकाका आईशोलेशन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । क्लवका अध्यक्ष विमल श्रेष्ठको नेतृत्वमा गएको टोलीले सोमवार लमहीमा सञ्चालन गरिएको कोरोना विशेष अस्पताल र राजपुर गाउँपालिकामा सञ्चालन गरिएको आईशोलेशन सेन्टरमा पुगेर अक्सिजन कन्सन्ट्रेटर मेसिन वितरण गरिएको हो ।

मंगलबार बंग्लाचुली गाउँपालिका पुगेर अक्सिजन कन्सन्ट्रेटर मेसिनसहितका स्वास्थ्य सामाग्री सहयोग गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्लवका अध्यक्ष श्रेष्ठ, दोस्रो उपाध्यक्ष पवन योगी, क्लवका वित्तिय संयोजक ओबेन्द्र महरा र क्लवका सदस्य लब्ली किरण केसीसहित पुगेको टोलीले देउखुरी क्षेत्रका दुई पालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको हो ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन क्लवले गरेको कामका लागी धन्यवाद ब्यक्त गर्नुभयो । कोरोना नियन्त्रणका लागी विकट क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ राजपुर, बंगलाचुली र लमही नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष विमल श्रेष्ठले बताउनु भयो । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवले क्लवको सहयोगले कोरोना संक्रमितको उपचारमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकामा कोरोना संक्रमितको उपचारमा देखिएको समस्या समाधानमा क्लवको सहयोगले ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

अक्सिजन कन्सन्ट्रेटरसहित पिपिई, अक्सिमिटर, सेनिटाईजर र मास्क पालिकाहरुलाई दिईएको हो । यूकेमा रहेका नेपालीहरुको समुह यूके नेपाल समाजले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन सहयोग गरेको ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण पालिकाहरुलाई हस्तान्तरण गरिएको हो । भागिरथ योगीको नेतृत्वमा समाजबाट दाङका लागी प्राप्त भएको साढे ३ लाख रुपैयामा ३ थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्