सुर्खेतमा जेठ ३१ गतेसम्मका लाथि थपियो निषेधाज्ञाको समय – Kanika Khabar
Friday, February 14Nepali News Portal

सुर्खेतमा जेठ ३१ गतेसम्मका लाथि थपियो निषेधाज्ञाको समय

    मा प्रकाशित

जेठ २५, सुर्खेत ।
सुर्खेतमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिने भएको छ । कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समितिको हिजो बसेको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धीत सरोकारवालासँग समिक्षा समेत गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्दिजिबी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नो तर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न समितिले आह्वान गरेको छ ।

कोरोनाको बढ्दो सङ्क्रमण, नियन्त्रण, रोकथाम तथा उपचारलाई सहज र सङ्क्रमण नियन्त्रणका लागि गत वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्