राउटे बस्ती सिल – Kanika Khabar
Saturday, July 19Nepali News Portal

राउटे बस्ती सिल

    मा प्रकाशित

जेठ २५, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतलेराउटे बस्ती असुरक्षाका कारण देखाउँदै सिल गरेको छ । राउटे बस्तीमा पछिल्लो समय असुरक्षा बढ्दै गएपछि प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

 

बस्तीमा कसैलाई आउजाउ गर्न नदिनेगरी २२ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको उहाँले बताउनुभयो ।

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ । त्यसैकारण हिजो बिहानदेखि राउटे बस्तीमा प्रवेशमा पनि रोक लगाइएको हो ।राउटे मुखिया सूर्यनारायण शाहीले राउटे समुदायको असुरक्षा बढेको र अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्