अन्ततः विश्वासको मत पाए मुख्यमन्त्रीले, ३० मत प्राप्त गरे – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अन्ततः विश्वासको मत पाए मुख्यमन्त्रीले, ३० मत प्राप्त गरे

    मा प्रकाशित

जेठ २५, दाङ ।
अन्ततः सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेसपछि सभामुखले निर्णयार्थ पेस गर्दा उनको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ।

विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । ५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिएका हुन्।

यसअघि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको थियो भने नेपाली कांग्रेसले भट्टको सरकार जोगाउन मत आवश्यक परेमा मात्रै दिने अन्यथा तटस्थ बस्ने निर्णय गरेको थियो । माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्