शिवु खनाल
दाङ, २५ जेठ ।
दाङमा लकडाउन एकहप्ता थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले यस अघिका निर्णयलाई केहि परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।
यस्तै यस अघि हप्तामा दुई पटक मात्र खुल्न दिइएको थियो । त्यसैगरी होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय भएएको छ ।
कोरोना माहामारीको दोस्रो लहर सुरु भए संगै जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै गएको बैशाख १७ गतेदेखी जिल्लाव्यापी रुपमा लकडाउन गरिएको छ ।