बितेको २४ घण्टामा ८० जनामा परीक्षण गर्दा १५ महिला र १० पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ । त्यस्तै आज निको हुनेमा घोराहीका ३०, तुलसीपुरका ३६, शान्तिनगर, राजपुर र राप्तीका १/१ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।
त्यसैगरी आज थपिनेमा घोराहीका १३ , तुलसीपुरका ६, लमहीका ३, राप्तीका २ र गढवाका १ रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ३ सय ९२ रहेको छन भने निको हुनेको संख्या ६ हजार ६ सय ३२ पुगेको केन्द्रले जनाएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ७० मा झरेको केन्द्रले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर ७ का ७१ वर्षिय महिला रहेको केन्द्रले जनाएको छ । उनको होमआईशोलेसनमा मृत्यु भएको हो । यो संगै बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९० पुगेको छ ।।