कैलालीमा रेडपाण्डाको छालासहित एक जना पक्राउ – Kanika Khabar
Monday, April 21Nepali News Portal

कैलालीमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

    मा प्रकाशित

कैलाली, जेठ २६ ।

कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । गोदावरी नगरपालीका– ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्