दाङ, २६ जेठ ।
दाङमा चोरी र वन मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालका अनुसार चोरी र बन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३६ बर्षिय सुवि चौधरी रहेको डिएसपी रिजालले जानकारी दिनुभयो ।
दाङ देउखुरी जिल्ला अदालतले २०६१ बैशाख ७ गते चौधरी विरुद्ध चोरी मुद्धामा दोषी ठहर गदै पाँच हजार पाँच सय पचास रुपैया जरिवाना तोकेको थियो । चौधरीलाई प्रहरीले घोराही १५ ट्राफिक चोकबाट मंगलवार दिउँसो पक्राउ गरी अदालत बुझाएको उहाले जानकारी दिनुभयो । यस्तैगरी वन मुद्धामा फरार घोराही २ निमुरिया बस्ने ५३ बर्षिय रिसीमान चौधरीलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले चौधरी विरुद्ध २०७४ फागुन १४ गते वन मुद्धामा दोषी ठहर गदै एक लाख अरत्तिस हजार नौ सय सत्र रुपैया जरिवाना तोकेको थियो । उहालाई मंगलवार बेलुकी पाँच बजे पक्राउ गरी अदालत उपस्थित गराईएको डिएसपी रिजालले जानकारी दिनुभयो ।