तत्काल स्थायी कमिटीको बैठक बोलाएर छलफल गरौँ : वामदेव – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तत्काल स्थायी कमिटीको बैठक बोलाएर छलफल गरौँ : वामदेव

    मा प्रकाशित

जेठ २६, दाङ ।
नेकपा एमालेभित्रको विवाद साम्य पार्न र एकताको गर्नका लागि विभिन्न प्रयास भइरहेका छन् । एकताका लागि घनिभूत प्रयासमा जुटेका शीर्ष तहका नेताहरुले पार्टी एकतामा जोड दिइरहेका छन् । यसैबिच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गर्न प्रस्ताव गरेका छन् । ।

जतिसक्दो छिटो २०७५ को जेठ ३ पूर्व कायम रहेको अथवा माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा पहिले कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर सही मार्ग दर्शन गर्नुपर्नेमा नेता गौतमको जोड छ । नेकपा एमाले एकता अभियान समितिको बैठकपछि गौतमले विज्ञप्ति निकालेर जेठ ३ पूर्वको संरचनामा रहेको एमालेका दुई वरिष्ठ नेता, ४ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ५ सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव ल्याएका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि इमानदार नभएको आरोपलाई नेता गौतमले पनि दोहोर्याएका छन् । अध्यक्ष ओलीले एकता आह्वान गर्दै निकालेको विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै कुटिल चातुर्य र जालझेलको भाषा शैली प्रयोग गरेको गौतमको आरोप छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्