प्रतिनिधिसभा पुनस्र्थापना हुने प्रचण्डको विश्वास – Kanika Khabar
Saturday, July 12Nepali News Portal

प्रतिनिधिसभा पुनस्र्थापना हुने प्रचण्डको विश्वास

    मा प्रकाशित

जेठ २६, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनस्र्थापना हुने बताउनुभयो ।

 

अदालतले संविधान हेर्ने भएकाले संविधान अनुसार संसद विघटन नभएको प्रचण्डको भनाइ छ । गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै प्रचण्डले अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको भन्दै सर्वोच्चबाट संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्