भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ महिना यताकै कम – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ महिना यताकै कम

    मा प्रकाशित

एजेन्सी ।
दोस्रो लहरको सङ्क्रमणको केन्द्र बनेको भारतमा सङ्क्रमितको सङ्ख्या दुई महिना यताकै कम भएको छ । डेढ महिना अघि सम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ७ हजार ३ सय ४५ जनामा सङ्क्रमण भएको छ ।

 

यसअघि गत चैत्र २१ मा ८९ हजार १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता लगायतार वृद्धि भएको सङ्क्रमण पहिलो पटक १ वैशाखमा ४ लाख नाघेको थियो । सङ्क्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो । भारतमा मृतकको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी सङ्क्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ११५ मा झरेको छ । पछिल्लो विवरण अनुसार भारतमा कोरोनाका कारण ३ लाख ५१ हजार ३४४ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्