काली बहादुर थापा
जेठ २६, हुम्ला ।
हुम्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । हिजो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसि) हुम्लाको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । यसअघि गरीएको कडाईमा भने केही खुकुलो बनाइने भएको छ । विहान ७ बजेदेखि१० बजे सम्म खाद्यान्न खरिद, विक्री गर्न दिइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । तर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीमा भने निषेधाज्ञाखुल्ला गरीएको छ ।
वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुनेभएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीलाई हिजोबाट लिमी प्रवेश गर्न दिइने निर्णय गरेको हो । यस्तै खार्पुनाथ गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको बाम्टामा शिल खोलिएको छ । केही दिन अगाडी बाम्टामा परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको र उनीहरुलाई पुन परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएपछि शिल खोलिएको हो ।