पछिल्लो २४ घण्टामा ८१ जनाकाे मृत्यु र थप ८१७९ जना डिस्चार्ज – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

पछिल्लो २४ घण्टामा ८१ जनाकाे मृत्यु र थप ८१७९ जना डिस्चार्ज

    मा प्रकाशित

जेठ २६, दाङ ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्