सरकारमा बादल पत्नी नैनकलाको ‘इन्ट्री’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सरकारमा बादल पत्नी नैनकलाको ‘इन्ट्री’

    मा प्रकाशित

दाङ, जेठ २७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बिस्तार गर्न थालेका छन् । आज बिस्तार गर्न थालिएको मन्त्री मण्डलमा नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापाको इन्ट्री हुने भएको छ । स्रोतले दिएको जानकारी अनुसार उनी सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।

आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्