कन्सनट्रेटर (अक्सिजन) मेसिन खरिदका लागि गोरखा स्कुलद्वारा आर्थिक सहयोग – Kanika Khabar
Friday, March 29Nepali News Portal

कन्सनट्रेटर (अक्सिजन) मेसिन खरिदका लागि गोरखा स्कुलद्वारा आर्थिक सहयोग

    मा प्रकाशित

शिवु खनाल
दाङ, २७ जेठ ।
कन्सनट्रेटर (अक्सिजन) मेशिन खरिदका लागि गाेरखा माेडेल स्कुलले नगद एकलाख एकहजार आर्थिक सहयोग प्रदान गरेको छ ।

राेटरी क्लव अफ सेन्ट्रल बुटवल, राेटरी क्लव अफ लमही र गाेरखा माेडेल स्कुलकाे आर्थिक सहयोगमा कन्सनट्रेटर (अक्सिजन) मेशिन खरिद गरि देउखुरी क्षेत्रकाे गढवा गाउँपालिका, राप्ती गाउँपालिकाकाे स्वास्थ्य चाैकी र लमही अस्पतालका बिरामीलाई उपचारको लागि सहज हाेस् भनेर चारवटा कन्सनट्रेटर (अक्सिजन) मेशिन खरिद गर्ने लागेको हाे । उक्त मेशिन खरिद गर्नकाे लागि गाेरखा स्कुलकाे तर्फबाट नगद एकलाख एक हजार रकम सहयोग प्रदान गरेको स्कुलका प्रधानध्यापक लाेकमान रिजालले जानकारी दिनुभयो ।

बिहीबार विद्यालयका प्रध्यानध्यापक लाेकमान रिजालले राेटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । गाेरखा स्कुलले अन्य दिनहरूमा पनि विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्