असार १ गतेबाट नयाँ शैक्षिक सत्र : देशभरका स्थानीय तहले अनलाईन विधिबाट भर्ना अभियान थाल्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

असार १ गतेबाट नयाँ शैक्षिक सत्र : देशभरका स्थानीय तहले अनलाईन विधिबाट भर्ना अभियान थाल्ने

    मा प्रकाशित

जेठ २७, दाङ ।

आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुने भएको छ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।

स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् । यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्याङ्कनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ । शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न पाठ्यपुस्तकको लागि सबै सामुदायिक विद्यालयलाई रकम निकासा गरिसकेको र नेपाल टेलिकमको क्लोजर युजर ग्रुप (सियुजी) प्याकेज प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्