म्यान्मार सेनाद्वारा सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

म्यान्मार सेनाद्वारा सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

    मा प्रकाशित

एजेन्सी ।
म्यान्मारको सैन्य प्रशासनले अपदस्थ नेता आन सान सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सूचीमाथि घुसको रुपमा नगद र सुन लिएको आरोप लगाइएको छ । उहाँमाथि लगाइएको आरोप प्रमाणित भएमा १५ सालको जेल सजाय हुन सक्ने छ ।

त्यसबाहेक उहाँमाथि थप ६ वटा मुद्दा दर्ता गराइएको छ । जसमा अवैध रूपले वाकी–टकी आयात गर्ने र सार्वजनिक अशान्ति फैलाएको आरोप पनि रहेको छ । गत फेब्रुवरी १ मा सेनाले म्यान्मारको सत्ता कब्जामा लिएपनि सूचीलाई सेनाले पक्राउ गरेको हो । सैन्य काउन्सिलको तर्फबाट आज जारी गरिएको प्रेस रिलिजमा सूचीले ६ लाख अमेरिकी डलर घुसको रुपमा र सात वटा सुनको बिस्कुट लिएको आरोप उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्