राेकिएन राप्ती दाेहन: दोहन रोक्न धरमपुर घाटमा धर्ना – Kanika Khabar
Friday, March 29Nepali News Portal

राेकिएन राप्ती दाेहन: दोहन रोक्न धरमपुर घाटमा धर्ना

    मा प्रकाशित

दुख हरण यादव
जेठ २७ गढवा ।

अबैध नदीधजन्य पदार्थ उत्खननको बिरोध गर्दै गढवामा स्थानीयबासीले राप्ती नदीमा धर्ना दिएका छन् |

 

गढवा गाउपालिकाले राप्ती नदीको धर्मपुर घाटमा नदिजन्य पदार्थ उत्खननको लागि लगाएको ठेक्कामा ठेकेदारले माप दण्ड बिपरित उत्खनन गरेको बिरोधमा स्थानिय बासीले काम रोकेर दबाब दिएका छन् |

गढवा गाउपालिका वडा न ५  का धर्मापुर, तकियापुर, बोधिपुर तथा मगहरका लगभाग १०० जना भन्दा स्थानिय बासिले उत्खनन भइरहेको स्थानमा गइ काम रोक्नको लागि दबाब मुलक धर्ना दिएका हुन् |

गढवा गाउपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको हो | लगाइएको ठेक्का जय मा स्वर्गद्वारी निर्माण सेवा प्रालि तुलसीपुर दाङ्ग र एमएण्ड निर्माण सेवा दाङ्ग लाइ बाताबरनणीय प्रभाव मुल्यांकन प्रतिबेदन अनुसार उत्खनन गर्न अनुमति दिएको थियो |

 

उत्खनन समयावधि सकिन लाग्दा ठेकेदार हरु मापदण्ड बिपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्ने गरेका छन् |

 

यस भन्दा पहिले पनि निर्माण कम्पनि हरुले तोकिएको स्थान भन्दा फरक ठाउ बाट नदिजन्य पदार्थ उत्खनन गरिरहेको थाहा पाए पछि स्थानिय हरुको बिरोध पछि गाउपालिकाका प्रतिनिधि सहितको त्रिपक्षीय सम्झौता पछि काम शुरु भएको थियो | तेतिबेला नै ठेकेदारलाइ कारबाही गरेको भए फेरी यो गल्ति uni

 

उत्खनन समयावधि सकिन लाग्दा ठेकेदार हरु मापदण्ड बिपरित उत्खनन गर्न फेरी सुरु भएको स्थानीयले गुनासो गर्ने गरेका छन् |

 

यस भन्दा पहिले पनि निर्माण कम्पनि हरुले तोकिएको स्थान भन्दा फरक ठाउ बाट नदिजन्य पदार्थ उत्खनन गरिरहेको थाहा पाए पछि स्थानिय हरुको बिरोध पछि गाउपालिकाका प्रतिनिधि सहितको त्रिपक्षीय सम्झौता पछि काम शुरु भएको थियो |

‘सरकार आउछ एक पटक लाइ छोड दिनुस भनेपछि यस भन्दा पहिले हामि छोडिदिएको तर अब एस पटक कुनै पनि हालतमा बिना कारवाही,उत्खनन गरिएको नदिजन्य पदार्थको नाप,र मापदण्ड बिपरित गरिएका उत्खनन स्थलको पूर्ति गर्ने सर्तमा मात्र कुरा मिल्ने गाउका अगुवा परशु चौधरिले बताए |

सामान्यतया नदिजन्य पदार्थको उत्खनन को लागि तयार गरिने बाताबरणीय प्रभाव प्रतिबेदनमा ठुलो मेसिनको प्रयोग नगर्ने,उत्खननको गहिराइको निश्चित मापदण्ड बिपरित नगर्ने ,घाटको सरक्षण तथा धार परिबर्तन भन्ने कुरामा सजकता अपनाउदै गरिएको हुन्छ | यो ठाउमा बाताबरणीय प्रभाव मुल्यांकन अनुसार कार्य गर्दा अनुगमन मा आफु पनि सहभागी भएको तर सम्झौतामा र उत्खनन मापदण्ड बिपरित गरि खेतीयोग्य जमिनमा र तटबन्धनमा समेत असर पर्ने गरि गरिएको उत्खननमा बिरोध भएको बताउनु भयो |

 

अनुगमन गरेर ठेकेदारहरुले उत्खनन गरेका नदिजन्य पदार्थको नाप लिन चौधरीले स्थानिय सरकारलाई पटक पटक आग्रह गर्दा पनि हाम्रो कुराको सुनुवाई भएन | अहिले सबै निर्माण कम्पनिले सम्झौता ठेक्का सम्झौता भन्दा ३\४ गुणा बढी उत्खनन गरिसकेको धरमपुरका स्थानिय प्रकाश चौधरीले बताए |

ठेकेदार कम्पनिले रास्ट्रीय गौरवको योजनाको रुपमा निर्माण गरिएको राप्ति तटबन्धनको समेत लगभग ७\८ मिटर तार जाली काटेर समेत नोक्सानी गरेको प्रकाश चौधरीको आरोप छ |

 

छोडेनन् व्यक्तिगत जग्गा

निर्माण ब्यबसायीले बताबरनिया प्रभाव मुल्यांकन बिपरित कार्य गर्दा व्यक्ति गत जग्गामा समेत उत्खनन गर्न भ्याएका छन् | ” उ पारि अहिले जेसिबी चलिरहेको जग्गा मेरो हो | मेरो त्यहा ९ कट्ठा जग्गामा समेत थाहै न दीइ ठेकेदारहरुले मनोमानी तरिकाले उत्खनन गरेका छन् | सरकारले लक्डाउन लागु गर्यो ,हामि लक्डाउनको पालन गरि बस्यो ,यता जग्गा को सबै गिट्टी बालुवा चोरिसके ” स्थानिय शंकर चौधरीले गुनासो गरे |

शंकर संगै १५\१६ जनाको लगभग ४ बिगाहा व्यक्तिगत नम्बरी जग्गामा ठेकेदारहरुले अबैध उत्खनन गरेको चौधरीले बताए |

जिल्ला प्रशासन कार्यालयले ले जारि निशेधाज्ञामा स्थानिय सरकारको सिफारिसमा ढुंगा गिट्टी बालुवा ढुवानी गर्ने समय विपरीतको समयमा उत्खनन गरेको आरोप लगाउदै बिहान चार बजे देखि नै राप्ति नदि मा डोजर टिपर तेक्टरको भिड लाग्ने गरेकोले आज बिहानै देखि गाउले ले अबैध कार्यको बिरोध गरेका हुन् |

 

गढवा गाउपालिकाको टेन्डर बाट ठेकेदार हरुलाई माप दण्ड भित्र रहेर नदिजन्य पदार्थको उत्खनन गर्ने ठेक्का दिएको बताउदै मापदण्ड बिपरित उत्खनन गरेको ठहर भए कानुन बमोजिम कारवाही गरिने गढवा गाउपालिका वडा न ५ का अध्यक्ष प्रकाश भण्डारीको भनाइ छ |

राप्ति नदीको विभिन्न क्षेत्रमा भैरहेका नदि दोहन रोक्न को लागि केन्द्रिय नीति निर्माणमा जोड दिने आवस्यक रहेको बताउदै उहाले उत्खानको मापदण्ड निर्माणमा स्थानिय सरकार,समुदाय प्रशासन र राजनीतिक दलको साझा निस्कर्ष बाट तय गर्नु पर्ने अन्यथा निर्माण ब्यबसाय ,स्थानिय समुदाय र सरकार बीच नदिजन्य पदार्थमा सधै यस्तै बिबाद श्रीजना हुने भण्डारीले बताए |

तर उत्खननको बिसयमा निर्माण ब्यबसायी बसन्त कूवरले ‘हामीले मापदण्ड भित्र रहेर गाउपालिकाले देखाएको स्थानमा उत्खनन गरेको दाबि गर्दै स्थानिय सरकारले निकाशा गरिएको नदिजन्य पदार्थको नियमित अनुगमन र मुल्यांकन नगरेको बताए |

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्