शिवु खनाल
दाङ, २८ जेठ /
कार र माेटरसाईकल एक आपसमा ठाेक्किदा दाङमा नाम ठेगाना नखुलेको एकजना माेटरसाइक पुरूषकाे ज्यान गएकाे छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.अ.अ.च ५३३४ नम्बरको कार र विपरीत बाटाेबाट आउँदै गरेको भे १ प ८४२२ नम्बरको माेटरसाईकल बिहीबार राति एघार बजे दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित एकआपसमा ठाेक्किदा माेटरसाईकल चाललकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।
मृत्युको नाम र ठेगान भने खुल्न नसकेको प्रहरीले भनाइ छ । ठक्कर दिने कार, चालक भालुवाङ् प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ । मृतकाे सनाखतकाे तयारी भइरहेको इलाका प्रहरी कार्यालयले भालुवाङ्का प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिनुभयो ।