दाङको तुलसीपुरमा गोली चल्यो, २ जना पक्राउ – Kanika Khabar
Monday, April 21Nepali News Portal

दाङको तुलसीपुरमा गोली चल्यो, २ जना पक्राउ

    मा प्रकाशित

दाङ, जेठ २८ ।
दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्