जेठ २८, दाङ ।
आज दाङ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान गरेका छन् । अबको एक दुई दिनभित्र नै मनसुन सुरु हुने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।
हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।