देशभर आंशिकदेखि सामान्य बदली भई धेरै स्थानहरूमा वर्षाको सम्भावना – Kanika Khabar
Thursday, June 12Nepali News Portal

देशभर आंशिकदेखि सामान्य बदली भई धेरै स्थानहरूमा वर्षाको सम्भावना

    मा प्रकाशित

जेठ २९, दाङ ।
मुलुकको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्