संयुक्त राष्ट्र संघले इथियोपियामाभोकमरीकाकारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनीदिएको छ । संघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीचजारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनीदिएको हो । सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७लाखमानिसहरु विस्थापितभइसकेका छन् ।
संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमाबसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएको छ । युद्धकाकारण त्यहाँकानागरिकहरु खाद्यान्नको समस्याझेलिरहेका छन् भने पिउने पानीको पनिअभावहुनथालेको छ । जसले गर्दा बालबालिकासहितअन्यमानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।