कनिका खबरका अध्यक्ष अभियान बस्नेत सर्कलको केन्द्रीय सदस्य – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

कनिका खबरका अध्यक्ष अभियान बस्नेत सर्कलको केन्द्रीय सदस्य

    मा प्रकाशित

जेठ २९ , दाङ ।
कनिका खबर प्रा.लिका अध्यक्ष तथा दाङका युवा समाजसेवी अभियान बस्नेत बिपि स्टडी युथ सर्कलको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

सर्कल जन नायक विपि कोइरालाको जीवन संघर्ष, विपिको बिचार, साहित्य, दर्शन र उनका विभिन्न पुस्तकहरुको अध्ययन विचार र विमर्शका लागि गठन गरिएको संस्था हो । ई. ऋषि कोइरालाको अध्यक्षतामा बसेको बैठकले ४३ सदस्यीय कार्य समितिलाई बिस्तार गरी ५३ सदस्यीय पुर्याएको छ । हिजो एक पत्राचार गरी १० सदस्य मनोनित गरेको जानकारी गराइएको छ ।

मनोनित सदस्यहरुमा दाङका अभियान बस्नेत रहेका छन् । बस्नेत नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा तरुण दल दाङका कोषाध्यक्ष समेत रहेका छन् ।

त्यस्तै अन्य मनोनित सदस्यहरुमा खोटाङका रमेश रावल, जर्मनीमा रहेका सुरेन्द्र प्रधान, कतारमा रहेका त्रिभुवन ढकुरी, कोरियामा रहेका विज्ञान लामा रगोविन्द अधिकारी, अमेरिकामा रहेका राजकुमार हमाल, भारतमा रहेका अर्जुन बोगटी, दैलेखका बखत शाही र भक्तपुरका प्रकाश कुमार कार्की रहेका छन् ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्