गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको सपथ – Kanika Khabar
Saturday, July 12Nepali News Portal

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको सपथ

    मा प्रकाशित

जेठ ३०, दाङ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले सपथ ग्रहण गर्नुभएको छ । उहाँसहितपाँच मन्त्रीले हिजो नै सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलसहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराउनु भएको हो ।

 

प्रदेशमा ११ वटा मन्त्रालय छन् । नेपालीले सबै मन्त्रालय आफैँले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो । गत बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले हिजो दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गर्नुभएकोमा विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी परेको थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्