पहिलो पटक नेपाली महिलाका लागि भारतीय सेनामा भर्ना खुल्यो – Kanika Khabar
Thursday, June 19Nepali News Portal

पहिलो पटक नेपाली महिलाका लागि भारतीय सेनामा भर्ना खुल्यो

    मा प्रकाशित

जेठ ३०, दाङ ।
पहिला् पटक नेपाली महिलाका लागि भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि भर्ना लिने भएको हो ।
आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ ।भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन सक्नेछन् ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ ।

इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्