जेठ ३०, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार बितको २४ घण्टामा १ सय जनामा परिक्षण गर्दा १७ महिला र ३५ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।
आज थपिएका ५२ जना सहित जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार ५ सय ७८ रहेको छ ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ८६ जना संक्रमणमुक्त भएका छन् ।
अहिले जिल्लाका अधिकांश संक्रमित होमआईशोलेसनमा बसेका छन् । जसमा ३ सय ९ जना होमआईशोलेसनमा ९६ जना संस्थागत आईशोलेसनमा सामान्य उपचारमा ७२ जना रहेको छन भने आईसियुमा १५ जनाको उपचार भईरहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३ सय ९६ मा झरेको छ ।
त्यस्तै आज निको भएका ८६ जनासँगै जिल्लामा बैशाख यता निको हुनेको संख्या ६९ सय ८८ पुगेको केन्द्रले जनाएको छ ।