जेठ ३०, दाङ ।
आन्तरिक विवादमा जेलिएको जनता समाजवादी पाटी (जसपा) को तत्कालै विवाद साम्य हुने अवस्था टरेको छ । एकतारि विवाद साम्य हुने प्रतीक्षा गरिएको बेला जसपा विवादले नयाँ मोड लिने निश्चितप्रायः भएको छ । ।
पार्टीभित्र एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने प्रवृत्तिलाई बढावा दिएको जसपामा बाबुराम–उपेन्द्र पक्ष र महन्थ–राजेन्द्र पक्षले एक अर्कालाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि जसपा विवाद नयाँ मोडमा पुगेको हो।
दुवै पक्षको मागबमोजिम विवरण अद्यावधिक नगर्ने निर्णय आयोगले गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘
दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दल दर्ता किताब अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए।
पत्र बुझाएको दुई दिनपछि नियमवालीको अनुसूची १८ को ढाँचाअनुसार निवदेन दिन उपेन्द्र पक्षलाई भनेको थियो।
यसैगरी महन्थ पक्षलाई कारबाही गरिएको निर्णय र अनुसूची १८ को ढाँचाअनुसार निवेदन दिन आयोगले भनेको थियो।
उपेन्द्र पक्षले कारबाहीको निर्णय र तोकिएको ढाँचा अनुसार आयोगमा निवेदन दिइसकेको बुझाएको थियो।
महन्थ पक्षले भने सात दिनको समय माग गरेको थियो। सात दिनको म्याद आइतबार पूरा भएको छ। तर, उसले आयोगमा अध्यक्ष यादवलाई कारबाही गरिएको निर्णयको सक्कल कागजात बुझाउन सकेको थिएन।