उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

    मा प्रकाशित

राँझा, जेठ ३०  ।

बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्