यो निर्वाचन आयोग होइन, खड्गप्रसाद एण्ड कम्पनी हो : भट्टराई – Kanika Khabar
Sunday, April 27Nepali News Portal

यो निर्वाचन आयोग होइन, खड्गप्रसाद एण्ड कम्पनी हो : भट्टराई

    मा प्रकाशित

जेठ ३१, दाङ ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ को संज्ञा दिएका छन् ।

निर्वाचन आयोगले हिजो आइतबार जसपाको दुबै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएपछि भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आयोग ओलीको इसारामा चलेको आरोप लगाएका छन् ।

ट्वीटमा लेखिएको छ, खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र : कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू , चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू, वाह’ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्