अस्पताललाई सर्जिकल बेर्ड र अक्सिजन कन्सनेट्रटर सहयोग – Kanika Khabar
Saturday, March 15Nepali News Portal

अस्पताललाई सर्जिकल बेर्ड र अक्सिजन कन्सनेट्रटर सहयोग

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, ३१ जेठ /

कोभिड १९ को व्यवस्थापनमा केही सहयोग पुगोस् भनेर दाङको लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकिलाई दुईलाख साठी हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल क्यानेडा बसोबास गर्दै आउनु भएका निरञ्जन थापाले आयोजना गरेको गो–फन्ड नामक संस्था र थापाका केही साथिहरू आर्थिक सहयोगबाट संकलित दुई थान सर्जिकल बेर्ड र दुई थान अक्सिजन कन्सनेट्रटर लमही अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो । यस्तै सिसहनियाँ स्वास्थ्य चौकिलाई एक थान अक्सिजन कन्सनेट्रटर मेशिन हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्री निञ्जन थापाको बुवा नरेन्द्र बहादुर थापा, आमा पार्वती देवि थापा र राप्ती गाउँपालिका तरूणदलका अध्यक्ष आशिष पौडेलले संयुक्तरूपमा लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जिता महतोलाई हस्तान्तरण गर्नुभएको थियोे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्