‘विषम परिस्थीतिमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका’ – Kanika Khabar
Friday, March 29Nepali News Portal

‘विषम परिस्थीतिमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका’

    मा प्रकाशित

दाङ,३१ जेठ ।

राप्ती साहित्य परिषद् दाङ शाखाले कोभिड नियन्त्रणमा साहित्यकारको भुमिका र सम्भावना विषयक बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका बक्ताहरुले साहित्यकारहरुले जनतालाई सचेतनासँगै राज्यलाई साहित्यीक रचनाका माध्यमबाट खवरदायी गर्नुपर्नेमा जोड दिएका थिए ।

अहिलेको विषय परिस्थीतिमा डिजिटललगायतका विभिन्न सञ्चार माध्यमहरुलाई सदुपयोग गर्दै जनतालाई सचेत गराउनका लागि साहित्यकारहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने सभेत उनीहरुले बताएका थिए । उनीहरुले राज्यलाई जोडप्रति उत्तरदायी बनाउन र जनतालाई सचेत गराउनका लागि अहिलेको विषयम परिस्थीतिमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुनेमा बक्ताहरुको जोड थियो ।

परिषद् दाङ शाखाले भर्चुअल जुम मार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को दोस्रो कार्यक्रमका रुपमा बिचार गोष्ठी सम्पन्न गरेको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का पुर्व केन्द्रीय अध्यक्ष बरिष्ठ साहित्यकार डा अमर गिरीको प्रमुख आतिथ्इतामा एव परिषद्का आजीवन सदस्य एवम् मनोरोग बिषेशज्ञ डा अरविन्द भुसालको विशिष्ट आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख वक्ता तथा वक्ताले आफ्नो बिचारर दृष्टिकोण राख्नु भएको थियो, भने सहभागीहरूबाट आएका प्रश्नर जिज्ञासाहरू पालैपालो दुबै बक्ताले सम्वोधन गर्नु भएको थियो ।

कार्यक्रममा बरिष्ठ साहित्यकारहरू डा।अमर शाह, मनोहर लामिछाने, डा कृष्णराज डि सी, डा मधुसूदन लामिछाने, टिकाराम उदासी, कमलमणि देबकोटा, केशव थापा, डा लोकराज पराजुली, केशवराज देबकोटा, हरी पोख्रेल र विश्व कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, परिषद्का केन्द्रीय सचिव खेमराज मल्ल, साहित्यकार पुर्ण वली र गजलकार ऋषि शर्मा सुदामा, नागरिक समाज दाङका संयोजक पत्रकार केवी मसाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविन भण्डारी र सचिव तारादेव शर्मा ९प्रर्दशन०,को सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा रूकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्मा, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष मुकुन्दप्रसाद रन्जितकार, उदाहरण समुहका अभियन्ता घनश्याम अस्तित्व, पाँचथरका साहित्यकार नरेन्द्र केरूङ्, कैलालीका साहित्यकार धर्मराज न्यौपाने, नब साहित्य उत्थानका प्रतिनिधि मनोज पीडित, प्यूठानका साहित्यकार माधव पोख्रेल र साहित्यकारहरू प्रबल बिष्ट, गुरुप्रसाद कुमाल बुलबुल , रामप्रकाश चौधरी, शुशिला आचार्य, हरिचन्द्र शर्मा, भिमा पाण्डेय, भुमा क्षेत्री, सिद्ध समर्पणलगायत विभिन्न जिल्ला तथा देश बाहिर रहनु भएका साहित्यकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय तथा विभिन्न जिल्लाका पदाधिकारीहरू र सल्लाहकारज्यूहरूको सहभागीता रहेको थियो । उक्त बिचार गोष्ठीमा परिषद् दाङ शाखाका उपाध्यक्ष साहित्यकार शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ गर्नुका साथै कार्यक्रम को सहजीकरण गीतकार सचिव प्रकाश केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्