असार १, दाङ ।
अब साउदी अरबमा महिला एक्लै पनि हज जान सक्ने भएका छन् । साउदी अरबले पुरुष अभिभावक विना पनि महिलालाई हज यात्राका लागि अनुमति दिने निर्णय गरेसँगै अब हज जान इच्छुक महिलाले आफ्नो नाम छुट्टै दर्ता गराउन सक्ने साउदी अरबले जनाएको हो । तर, यसका लागि महिलाको उमेर भने १८ देखि ६५ वर्षसम्मको हुनु पर्नेछ ।
हजमा जान कोरोना विरुद्धको खोप लगाएको हुनु पर्ने, कम्तीमा पछिल्लो १४ दिनअघि खोपको दोस्रो डोज लगाएको हुनु पर्ने र कोरोना सङ्क्रमण मुक्त भएको हुनुपर्नेछ । हजका लागि आउँदो २५ गतेसम्म नाम दर्ता गराउन सकिने छ। आउँदो जुलाईमा हुने हजका लागि यसपालि ६० हजार जनालाई अनुमति दिइएको छ भने हजमा साउदी अरबका नागरिक मात्र जान पाउने छन् ।