कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै – Kanika Khabar
Thursday, June 19Nepali News Portal

कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै

    मा प्रकाशित

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले आमसञ्चार गठन गर्न लागेको जानकारी दिएका छन् । ‘पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता’विषयमा आज भएको भर्चुअल छलफलमा उनले आमसञ्चार माध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारको आगामी आव २०७८र०७९ को नीति रहेको बताए । प्रतिष्ठान गठन सम्बन्धी विधेयक भने निवर्तमान कानूनमन्त्री नरेश भण्डारीको पालामा प्रदेशसभामा दर्ता भइसकेको छ ।

श्रमजीवी पत्रकारको स्वास्थ्य, सुरक्षा, उत्प्रेरणा र व्यावसायिक दक्षता विकास गर्न पत्रकार स्वास्थ्य बीमा र पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, लोक कल्याणकारी विज्ञापनमा जोड दिने र नीतिमा नपरेका विषयमा बजेटमा समावेश गराइने उनको भनाइ थियो । उनका अनुसार संघीयतापछि सञ्चार क्षेत्रमा अपेक्षित परिवर्तन आएको र महिला पत्रकारहरुको सहभागिता बढ्दै गएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले कर्णालीमा स्नातकोत्तर तहसम्मको पत्रकारिता भइरहेको जानकारी दिँदै तेस्रो र चौथो सेमेष्टरमा अनुसन्धानमा जोड दिने बताए । नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले कर्णालीमा क्षमता अभिवृद्धिका कार्यक्रममा जोड दिन सरकारसँग माग गरिएको जानकारी गराए ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्