लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि – Kanika Khabar
Friday, April 18Nepali News Portal

लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि

    मा प्रकाशित

असार १, दाङ ।
लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि गरिसक्ने तयारी गरेको छ । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो ।

आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ । लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको छ । उहाँले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिनुभयो । साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उहाँले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताउनुभयो ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्