असारे झरीले पनि रोकेन रोटरीको किट अभियानलाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

असारे झरीले पनि रोकेन रोटरीको किट अभियानलाई

    मा प्रकाशित

असार १, दाङ ।
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरसँगै देखिएका समस्यामा सामाजिक अभियान लिएर हिँडेको घोराही रोटरी क्लब निरन्तर रुपमा सेवामा लागिरहेको छ । क्लबको अभियानलाई असारको झरीले पनि रोक्न सकेको छैन ।
लगातार असारे झरी झरिरहेको छ, अभियन्ताहरु आफ्नो अभियानमा निरन्तर लागिरहेका छन्, झरीको कुनै प्रवाह छैन । निरन्तर निरन्तर सहयोगी मनहरु सेवाको अभियान लिएर कुदिरहेका हुन्छन् ।

झमझम पानी, त्यही पानीको झरीमा बिरामीको घरघरमा औषधि बोकेर एक हुन अभियन्ताहरु टुप्लुक्क टुप्लुक्क घरघर चहारेका दृश्य केबल दृश्य मात्र बन्दैनन् ती दृश्यभित्र सिङ्गो मानवता ठिङग उभिएको देखिन्छ ।

पानीलाई छाताले छिचोल्ने प्रयत्न गर्दै विरामीलाई आवश्यक स्वास्थ्य परामर्शमा व्यस्त थिए डा. दिनेश उप्रेती ।

‘मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो,कोरोना सङ्क्रमितका लागि आत्मबलको आवश्यकता पर्दछ, बिरामीको अबस्था बुझ्न, आवश्यक परामर्श दिन र आत्मबल बढाउनका लागि हामीले घरदैलोको अभियान थालेका हौँ । आवश्यक औषधि उपलब्ध गराउनुका साथै सचेतना अपनाउन गरिने परामर्शले बिरामीमा केही राहत र आत्मबल पाएको महसुस गरेका छौँ । डा. उप्रेतीले भने ।

‘बिरामीलाई मनोबल बढाउन र आवश्यक औषधि उपलब्ध गराउनका लागि यो अभियान थालेका हौँ, कोरोना सङ्मित बिरामीलाई घरमै स्वास्थ्यकर्मी लिएर परामर्श गराउने गर्दा बिरामीको आत्मबल बढ्ने गरेको छ । साथै बिरामीले समस्या बताउँदा उपचारमा सहजता आएको छ ।’ अभियन्ता रोशन दाहालले भने ।
‘सेवाका धेरै तरिका हुन्छन् । हामीले थालेको अभियान अस्पताल नआएका बिरामी, जो होम आइसोलेसनमा बसेका छन् उनीहरुका लागि घरमा अस्पताल पुर्याउने सानो अभियान हो ।’ अभियन्ता प्रदिप सुवेदीले बताए ।

 

संकटका बेला केही न केही अभियान लिएर समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा व्यावसायी तथा सामाजिक अभियन्ता मिनराज भाटले क्लबको अभियानलाई कोअर्डिनेट गरेका छन् । कोरोनाको दोस्रो लहरसँगै सुरु भएको निषेधाज्ञामा क्लबबाट सामाजिक अभियान चलाएका भाटले भने, ‘ संकटको बेला हुनेले नहुनेलाई सहयोग गर्ने हो, सक्नेले नसक्नेले मद्दत गर्ने हो । मनकारी मन र परोपकारी भाव र सहयोगी हातहरुबाट सहयोग संकलन गरेर बिरामीका घरघरमा आहातमा राहत बनेर पुग्ने प्रयास गरेका छौँ ।’

‘कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकालाई रोटरी होम आइसोलेसन कीट बितरण गर्न थालेका छौँ । हामीले खबर पाएसम्मका जानकारी पाएसम्मका बिरामीका घरमा पुगेर आवश्यक परामर्श दिनुका साथै ओम आइसोलेसन किट उपलब्ध गराउने गरेका छौँ ।’ क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेले बताए ।
क्लबले पछिल्लो चरणमा रोटरी होम आइसोलेसन किटसँगै अटो एम्बुलेन्स, घरघरमा पिसिआर टेस्ट, अक्सिजन वितरण तथा डाक्टरहरुसँग बिरामी फोन संवादको अभियान सञ्चालन गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्