प्रदेश १ ले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो – Kanika Khabar
Monday, April 21Nepali News Portal

प्रदेश १ ले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो

    मा प्रकाशित

असार १, काठमाडौँ ।
प्रदेश नम्बर एकसरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।

 

यो वर्षको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम छ । स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । प्रादेशिक गौरवको विराटनगरको घिनाघाटदेखि बिराट चौकसम्मको निर्माणधिन सडकका लागि ५ अर्ब २१ करोड बिनियोजन गरिएको छ । त्यसैगरी मुख्यमन्त्री ग्रामिण सडक आयोजनाका लागि ३२ करोड बिनियोजन भएको छ । स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड बजेट छ । राष्ट्रपति आमा सम्मान तथा सासु बुहारीलाई सम्मान कार्यक्रमको शुरुवात गरिने बजेटमा उल्लेख छ ।

 

युवा तथा खेलकुदको क्षेत्रमा मुख्यमन्त्री युवा उद्यमशिलताको लागि १० करोड बिनियोजन गरिएको छ ।आगामी आर्थिक बर्षमा प्रदेश खेलकुद परिषद गठन हुनेछ । समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड बिनियोजन गरिएको छ । आगामी बर्षदेखि मेरो कृषि मेरो गौरव कार्यक्रमका लागि ५ करोड ७२ लाख बिनियोजन भएको छ । उद्योग बाणिज्यको क्षेत्रमा १८ करोड बजेट छुट्याइएको छ। पर्यटन क्षेत्रमा ८३ करोड ३८ लाख बजेट बिनियोजन गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्