असार १, पोखरा ।
गण्डकी प्रदेशको बजेट ४ अर्ब रुपैयाँले घटेको छ। बजेट घटेपछि प्रदेशको चालु खर्चमा चाप पर्ने देखिएको छ । आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
केन्द्र सरकारबाट पाउने अनुदान र राजश्वमा आएको कमीका कारण चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०७८÷०६९ को बजेट घटेको हो । गण्डकी प्रदेश सरकारले कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आगामी वर्ष २०७८/७९ को लागि प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरिएको छ ।
यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि सम्बोधन गरिएको छ ।पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।