असार १, धनगढी ।
सुदूरपश्चिम सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । यसका लागि ज्येष्ठ नागरिक सहायत कोषको घोषणा गरिएको छ। उक्त कोषमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक अभावमा उपचार हुन नसकेका ज्येष्ठ नागरिक उक्त कोषबाट लाभावान्वित हुनेछन्। यसैगरी सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने बादी समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम घोषणा गरिएको छ।
स्वरोजगार कार्यक्रम मार्फत् उक्त समुदायको कला र संस्कृति संरक्षण हुने गरी ३ करोड रुपैयाँ छुट्याइएको छ। प्रदेशमा एक हजार युवालाई सीपमूलक तालिम दिइनेछ। तालिमका लागि ३० करवड ३३ लाख छुट्याइएको छ। जुन उक्त प्रदेशको बजेटको १ प्रतिशत हुन आउँछ।