मनाङको चामेमा बाढीले ताल गाउ र चामे बजार डुवानमा – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

मनाङको चामेमा बाढीले ताल गाउ र चामे बजार डुवानमा

    मा प्रकाशित

असार १ लमजुङ
निरन्तर बर्षासंगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ र चामे गाउँपालिका ४ नयाँबजार र ५ हिजो देखिको निरन्तरको बर्षाका कारण मरस्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो । मरस्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ४० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताउनुभयो ।

बाकी घर पनि जोखिममा छ । स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाँउमा बसेकाले मानविय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताउनुभयो । मरस्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबान भएको हो । मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताउनुभयो । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उहाँका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।

बर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताउनुभयो । विभिन्न खोलाले बगाएको ठूला ढुँगाले मर्स्याङ्दी नदिको बहाव रोकिदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ । चामेस्थित तातोपानी कुण्ड नदिले बगाएको छ भने चामे गाउँपालिका ३ पारी पट्टीका घरहरु डुवानमा छन् ।

लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाई छ । हिजो साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पु¥याएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्