असार १, दाङ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण निरन्तर रुपमा कम हुँदै गएको छ । दोस्रो लहरको सङ्क्रमणको केन्द्र बनेको भारतमा २४ घण्टामा थप ६२ हजार सङ्क्रमित थपिएका छन् ।
दुई महिना अघिसम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा ६२ हजार ५९७ जनामा सङ्क्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या २ करोड ९५ लाख ७० हजार ३५ पुगेको छ ।भारतमा अब ९ लाख २० हजार १९४ जना संक्रिय सङ्क्रमित छन् । भारतमा १ हजार ४५२ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ६१ पुगेको छ ।