रोल्पामा अबिरल वर्षाका कारण चारवटा घर भत्किए – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

रोल्पामा अबिरल वर्षाका कारण चारवटा घर भत्किए

    मा प्रकाशित

असार २, रोल्पा ।
रोल्पामा अबिरल वर्षाका कारण चारवटा घर भत्किएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिनुुभयो ।

थबाङ गाउँपालिका वडा नं १ मा दूई वटा, गंगादेब गाउँपालिका वडा नं १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नं ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुबेदीले बताउनुुभयो । तर, कुनैपनि मानवीय क्षति भने नरहेको उहाँले जानकारी दिनुुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्