रातभर राप्तीका टापुमा फसेकाले यसरी सुनाए घटनाको त्रासदी अनुभव – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

रातभर राप्तीका टापुमा फसेकाले यसरी सुनाए घटनाको त्रासदी अनुभव

    मा प्रकाशित

शिवु खनाल
दाङ, २ असार ।
राप्ती नदीको दायाँ र बायाँ पट्टी बिचको भागमा भैँसी चराउन भनी चार जना गएका थिए । लगातार अविरल वर्षा भयो । वर्षातमा भैसी चराइरहेका उनीहरुले बाढीको हेक्का राखेनन् सायद । अविरल वर्षातलाइै छिचोल्दै उनीहरु भैंसी चराउने ध्याउन्नमा व्यस्त भए । बाढी आउला कि भन्ने हेक्का नराखेका उनीहरुले एक्कासी राप्तीमा बाढी उर्लिएको देखे । परिणामतः उनीहरु राप्तीको टापुमा फसे ।

मंगलवार विहान आठ बजे घरबाट खाना खाएर गोठबाट भैसी फुकाएर राजपुरबाट तिनजना र लमहीबाट एकजना गरी चारजनाको समुह भैसी लिएर उक्त टापुमा पुगेका थिए । ‘यस्तो होला भन्ने के थाहा ? एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। उनले थपे ‘रातभरि कठ्याङग्रिएर खरको छाप्रोमा भोकभोकै रात बितायौँ । रातभर राप्ती नदीमा आएको बहाव हेर्दै रात विताउन बाध्य भयौँ । हारगुहारको लागि गाउँ नजिक थिएन ।’

२०१८ सालमा आएको बाढीका कारण राजपुरको बेला र लमहीको हस्नापुर घाटको बिच भागमा रहेको टापुबाट स्थानीयले बसाइसराई गरेर लमहीको हसनापुर गएका थिए । हसनापुर र बेला जोड्ने बिचमा राप्ती नदीको दुईवटा हङालो छ । बिचमा टापु छ सोही टापुमा हसनापुरका स्थानीयले गाई भैंसीलाई चरिचरनका लागि लैजाने गरेको स्थानीय रामआधार शर्माले बताउनुभयो ।

दाङ देउखुरीको राप्ती नदीमा फसेका चारजनालाई सकुसल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदीको टापुमा फसेका उनीहरुलाई विपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुसल उद्दार गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादव, वडा नम्बर २ बेला निवासी २६ वर्षीय राधेश्याम यादव, सोही ठाउँ निवासी ५० वर्षीय सावित्रा यादव र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी बेलाकी वर्ष ५० का साबित्रा यादव र मन्साराम चौधरी मंगलवार भैंसी लिएर चराउन हसनापुरको टापुमा गएका थिए ।

लगातार अविरल वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेपछि दिनभरि दायाँ र बायाँ राप्ती नदीको बिचको भागमा रहेको टापुमा फसेका थिए । राप्ती नदीमा बाढी आए पछि टापुमा रहेको खरको छाप्रोमा रात विताएका थिए । उनिहरु घर फर्किन सकेनन । उनिहरु टापुमा फसिसकेका थिए । रात परेको र फसेको घाटको बारेमा एकिन गर्न नसक्दा उद्दार गर्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे.क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माले बताउनुभयो ।

२९ नं. गण भालुवाङ्का प्रमुख टोप खनाल, सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण हे।क्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माल, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राज कुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजिब श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोलि उद्दारको लागी राप्ती नदीको बेला घाटमा पुगेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्