भारतमा थप ६७ हजार संक्रमित – Kanika Khabar
Thursday, April 24Nepali News Portal

भारतमा थप ६७ हजार संक्रमित

    मा प्रकाशित

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६७ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार २९४ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९६ लाख ९९ हजार ५५५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ८ लाख ३३ हजार ८० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्