महोत्तरीमा गोली प्रहार गरी लाखौँ लुटपाट – Kanika Khabar
Friday, April 19Nepali News Portal

महोत्तरीमा गोली प्रहार गरी लाखौँ लुटपाट

    मा प्रकाशित

असार ३, महोत्तरी ।
महोत्तरीमा गोली प्रहार गरी लुटेराहरूको एक समूहले लाखौँ लुटपाट गरेका छन् ।
जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् ।

लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् ।

गोली लागेर पसल संचालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका छन् । उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले चाँदी १७२ तोली(काँचो) करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । त्यस्तै नगद २ लाख रुपैयाँ समेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।

गोली लागि घाइते भएका संचालक साहलाई धरानस्थित अस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जना घाइतेको उपचार जनकपुरधाममा भईरहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्