नारायणपुर बसपार्क व्यवस्थित गर्नका लागि डेलिगेसन – Kanika Khabar
Friday, March 29Nepali News Portal

नारायणपुर बसपार्क व्यवस्थित गर्नका लागि डेलिगेसन

    मा प्रकाशित

असार ३, दाङ ।
नारायणपुर उद्योग वाणिज्य संघले नारायणपुरमा रहेकाे बसपार्क व्यवस्थित गर्नका लागि घाेराही उपमहानगरपालिकामा डेलिगेसन गएकाे छ ।

संघले नारायणपुरमा अवस्थित बसपार्कलाई व्यवस्थित गराउन तथा लकडाउन अबधिकाे भाडामा सहयाेग गर्नका लागि डेलिगेसनमा अनुराेध गरेकाे हाे ।

नगर प्रमुख नरूलाई चाैधरीलाई डेलिगेसन पत्र बुझाउँदै संघका अध्यक्षले बसपार्क व्यवस्थापन तथा लकडाउन अबधिकाे भाडामा सहयाेग गर्न र इलाका प्रहरी कार्यालय नारायणपुरकाे भवन निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि अनुराेध गरेका थिए ।

डेलिगेसन पत्र बुझ्दै नगर प्रमुख चाैधरीले संघकाे मागप्रति आफू सकारात्मक भएकाे र सक्दाे पहल गर्ने बताएका थिए ।
संघका सल्लाहकार माेहन आचार्य , मानार्थ सदस्य माधव पाण्डे , उद्योग उपाध्यक्ष डिल्ली वली र महासचिव वसन्त न्याैपानेकाे एक समुहले डेलिगेसन पत्र बुझाएकाे थियाे ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्