सल्यानमा पहिरोले क्षति गरेका ४ गाडी निकालियो : सडक खुलाउने प्रयास अझै जारी – Kanika Khabar
Friday, May 16Nepali News Portal

सल्यानमा पहिरोले क्षति गरेका ४ गाडी निकालियो : सडक खुलाउने प्रयास अझै जारी

    मा प्रकाशित

३ असार,सल्यान ।
लगातार वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ बसारे नजिकै आएको पहिरोले क्षति भएका ४ वटा गाडि निकालेको छ । केही दिन यताको अबिरल बर्षा र त्यपछि आएको पहिरोका कारण सल्यानको कपुरकोट गाउपालिका ३ बसेरा स्थित सल्यान–दाङ सडकखण्डमा आज बिहान करिब ५ वजे ती आएको पहिरोले पार्किङ गरेर राखेका ४ वटा गाडीमा क्षती गरेको थियो ।

प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक याम बहादुर बस्नेतको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले जेसिविको सहायतामा ती गाडीहरुलाई निकालेको हो । जसमा रा १ ज १६२ नंम्बरको एम्बुलेन्स, ना १ ख ८७८६ नम्बरको टिप्पर र अरु २ वटा मिनिट्रकहरूलाई पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अहिले यस सडकखण्ड बन्द रहेको छ । साथै प्रहरी टोलीद्वारा बाटो खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्