तुलसीपुर बेलुवादेखि सल्यान लुहाम जाने सडकखण्ड हिलाम्मे – Kanika Khabar
Thursday, March 20Nepali News Portal

तुलसीपुर बेलुवादेखि सल्यान लुहाम जाने सडकखण्ड हिलाम्मे

    मा प्रकाशित

कृष्ण अधिकारी
३ असार,तुलसीपुर ।
दाङको तुलसीपुर बेलुवा देखि दमारगाउँ हुदै सल्यान लुहाम सडकखण्ड बर्षातका कारण हिलाम्मे र खाल्डाखुल्डी भएको छ ।
सडक बर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी हुँदा सवारी साधन चल्न सकेका छनैन् । सवारी साधन चल्न नसक्दा स्थानीयलाई बजार आवतजावतमा समस्या परेको महालक्ष्मी टोल विकास संस्थाका कोषाध्यक्ष तुलसी केसीले बताउनुुभयो ।
सो सडक भएर विरामी हुँदा एम्बुलेन्स समेत गाउँमा जान समस्या परेको छ । पटक पटक सो सडकको बारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि चासो नदिएको स्थानीयबासीहरु बताए को सह्कर्मी मद्न मुस्कान ले बताए
सम्बन्धित निकायले ध्यान नदिएको भन्दै महालक्ष्मी टोल बिकास संस्थाले सडकमा गिट्टी हाल्ने जनाएको छ। स्थानीयबासीलाई समस्या परेको भन्दै टोल बिकास संस्था बाटो बनाउन तयारी गरेको कोषाध्यक्ष केसीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्