एमाले नेता नेपाल समूहको बैठकः पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना – Kanika Khabar
Wednesday, July 28Nepali News Portal

एमाले नेता नेपाल समूहको बैठकः पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

    मा प्रकाशित

असार ३, दाङ ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो ।

खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेका छन् । पन्त काठमाडौंमै उपचारत हुनुहुन्छ । नेपाल समूहको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ ।

 

प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्